• २९ भदौ २०८३, सोमबार
  • ६ः२९ बिहान

कुशलको अर्धशतकमा ओमानमाथि नेपालको शानदार जित

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०६:५४

१२ फागुन २०७८, काठमाडौँ : विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो ।

National Life

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगावै ओमानले दिएको ८८ रनको लक्ष्य भेट्टाएको हो । यसक्रममा नेपालले १६.२ ओभर खेल्दै ९० रन बनायो । नेपालका ओपनर आरिफ शेख १८ बलमा १६ रन बनाउँदै आउट भएका थिए । आजको जितसहित नेपालले ओमानमाथि पछिल्लो तीन खेलमा लगातार जित हात पारेको छ ।


यसअघि, निर्धारित २० ओभरको खेलमा ओमानले ९ विकेटको क्षतिमा रन ८७ रन बनाएको थियो । यसक्रममा ओमानका जिसहान मक्सुदले सबैभन्दा धेरै २१ रन जोडे । यसपछि, आयान खानले १९ रन र नासिम खुसीले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले नेपाल विरुद्धको खेलमा दोहोरो अंक जुटाउन सकेनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

टस जितेर ब्याटिङ रोजेको ओमानविरुद्ध नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा आरिफ सेखले २ विकसेट लिँदै ओमानको ब्याटिङक्रम ध्वस्त बनाए । उनीहरूलाई सागर ढकाल, अभिनास बोहोरा र कमलसिंह ऐरीले समान १/१ विकेट लिएर साथ दिए ।

प्रतिकृया