• २४ भदौ २०८३, बुधबार
  • ९ः१९ राती

पल शाहलाई पक्राउको तयारी

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०६:४१

११ फागुन २०७८, काठमाडौं : चर्चित नायक पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् । प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन् ।

National Life

तनहुँमा घटना घटेकाले त्यही पुगेर समिक्षाले जाहेरी दिएकी हुन् । प्रहरीले जाहेरी लिएसँगै अनुसन्धानका लागि पहल शाहलाई पक्राउको तयारी भएको बुझिएको छ ।


पल शाहलाई तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुन भनिने र नआए पक्राउको तयारी गरएको बुझिएको छ । १७ वर्षकी समिक्षामाथि पलले शारीरिक सम्पर्क गरेको अडियो समेत सार्वजनिक भइसकेको छ । घटनाका बेला उनी अझ कम उमेरको भएको विषय आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नाबालिगमाथि यौनजन्य क्रियाकलाप गरेमा कानून अनुसार बलात्कार सरहको सजाय हुने गर्छ । विकसित मुलुकहरुमा यस्तो विषयलाई गम्भीर अपराध मानिन्छ ।


हालैमात्र बेलायतका राजकुमार एन्ड्रीउले दुई दशक अघि एकजना नाबालिगमाथि यौनजन्य क्रियाकलाप गरेकोमा ठूलै मूल्य चुकाउनुपरेको थियो । उनले पछि ठूलो धनराशी क्षतिपूर्ति दिएर मिलापत्र गराएका थिए ।

प्रतिकृया