• २१ भदौ २०८३, आइतबार
  • १ः०५ दिउँसो

हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरका युवक पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०४:४७

११ फागुन २०७८, काठमाडौं : भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

बिकले मिणालाई लेनदेनको बिषयमा बादबिबाद हुँदा हत्या गरी उदयपुरको श्रृष्टी जंगलमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते उक्त जंगलमा उनको शव फेला परेको थियो ।


पुलको ठेक्कापट्टा गर्ने बिक र मृतक मिणाबिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने भनी सम्झौता भए अनुसार विगत डेढ महिनादेखि डास खोलामा काम गर्दै आईरहेकोमा गत माघ २३ गते बिकको वीरगंजस्थित अर्को साईड हेर्न भनी बिआर ०१ बिसि ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगञ्ज गएका र माघ २५ गते फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । मादक पदार्थ सेवन गरेका बिकले बादबिबादको क्रममा मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जंगलमा लगि फालिदिएको अनुसन्धानबाट खुल्न आएको छ ।

Classic Tech Desktop

साथै बिकले मृतकको मोबाइल कोशी नदीमा फाली गाडी भारतीय बजार भिमनगर लगेर वेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।


बिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कटारी उदयपुर पठाइएको छ ।

प्रतिकृया