• २३ भदौ २०८३, मंगलबार
  • १०ः२६ बिहान

बैंकिङ कसूर मुद्दामा नुवाकोटका पाण्डे पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०४:५५

० फागुन २०७८, काठमाडौं : बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका १० मनमैजुमा श्रृष्टी प्रफुल सप्लायर्स संचालन गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ८ घर भएका ४३ वर्षीय राम प्रसाद पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाले ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नेपालटार काठमाडौंबाट पक्राउ गरेको हो ।


पाण्डेले एनआइसी बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

प्रतिकृया