समाजवादीकाे बैठक आज बस्दै
प्रकाशित मिति
२०७८ फाल्गुन ९ गते, सोमबार ११:१८
९ फागुन २०७८, काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । पार्टीका नेता जीवनराम श्रेष्ठका अनुसार बैठक आज सोमबार दिउँसो १ बजेका लागि बोलाएको छ ।
यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।
शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा. बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए ।
उक्त बिबादका कारण आज यस पार्टीले बैठक बोलाएको हो ।
प्रतिकृया