• २० असोज २०८३, मंगलबार
  • ४ः५५ बेलुका

महाअभियोग प्रस्ताव दर्तापछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार १२:२३

१ फाल्गुन २०७८, काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्ध महाअभियोग दर्ता भएपछि उनी अब स्वत निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधान अनुसार प्रधानन्यायाधीश निलम्बनमा पर्छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीशले काम गर्न नमिल्ने बताएका हुन् ।

National Life

संविधानको धारा १०१ को उपधारा (२) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन् ।


त्रिपाठीका अनुसार प्रस्ताव पेसपछि महाअभियोग समितिले त्यस्तो उजुरीमाथि संघीय कानुनबमोजिम छानबिन गरी महाभियोगसम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभासमक्ष सिफारिस गर्नुपर्ने हुन्छ । र, महाअभियोग प्रस्ताव पास हुन प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक हुन्छ । बहुमत पारित भएमा मात्रै प्रधानन्यायाधीश जबरा पदबाट मुक्त हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया