• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ११:५९

१ फागुन २०७८, काठमाडौं : सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

National Life

बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको मूल गेट तर्फ लागेका थिए । तर प्रहरीले मूल गेटमा पनि रोकेपछि उनीहरुले सडकमा प्रदर्शन गरिरहेका छन् ।


कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै नारा लगाइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया