• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

लक्ष्मी बैंकको नयाँ शाखा डिल्लीबजारमा

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०७:१०

२८ माघ २०७८, काठमाडौँ : लक्ष्मी बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा न‌‌‌-२९ को डिल्लीबजारमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बैंकले आफ्नो १४१औँ शाखा डिल्लीबजारको कालिका मार्गमा विस्तार गरेको हो ।

National Life

बैंकले यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


यस शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया