• १९ असोज २०८३, सोमबार
  • ११ः१० बिहान

शिवम् सिमेन्ट्सको कुल खर्च बढ्दा खुद नाफा २७.५३ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०७:०१

२८ माघ २०७८, काठमाडौँ : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा २७.५३ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/२०७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

National Life

जुन गत वर्ष भन्दा २७.५३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको कुल खर्चमा १४.५४ प्रतिशतले वृद्धी आएको कारण खुद नाफामा कमी आएको अनुमान गरिएको छ ।


समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेर ५ अर्ब ६० करोड ३१ लाख २४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया