• २६ भदौ २०८३, शुक्रबार
  • १२ः५९ राती

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०८:३६

२८ माघ २०७८, काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो ।

National Life

समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेति, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गरेको हो ।


राजस्व समूहका शोभाकर खनाल, लक्ष्मीकुमार रिमाल, युवराज बस्नेत र सुजितकुमार सिंह पनि बढुवामा परेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया