• 3:09 pm

कोरोना अपडेट : थपिए २ हजार ४०१ संक्रमित, १४ को मृत्यु

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०५:०१

६ माघ २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।


यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।


मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।


यस्तै , मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।

प्रतिकृया