• २० भदौ २०८३, शनिबार
  • १ः५० राती

शम्सेरगंज स्वास्थ्य चौकी र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ज्योति विकास बैंकको सहयोग

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०५:०९

६ माघ २०७८, काठमाडौं : ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत कोहलपुर नगरपालिका वडा नं।१५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ।

National Life

शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख श्री कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक श्री रेकम बहादुर के।सी। द्वारा कोहलपुर नगरपालिका वडा नं.१५ बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष श्री पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख श्री लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको बैंक्ले जनाएकाे छ ।


यसका साथै, बैंकले काठमाडौं स्थित श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ। बैंकका नायब महाप्रबन्धक श्री सुशील कुमार शर्मा,काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख श्री दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक श्री प्रज्ञा कंडेलले संयुक्त रुपमा श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेका हुन् ।

Classic Tech Desktop

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।


ज्योति विकास बैंकले हाल १०९ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिकृया