• २० भदौ २०८३, शनिबार
  • ३ः४३ दिउँसो

भृकुटीमण्डपभित्र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही गर्ने मन्त्री रेग्मीको चेतावनी

प्रकाशित मिति

२०७८ माघ २५ गते, मंगलवार ०३:३८

Uma Regmi

२५ माघ २०७८, काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डपभित्र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही गर्ने चेतावनी दिएकी छिन् । भृकुटीमण्डपभित्र व्यवासाय रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले सञ्चारकर्मीहरु माझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने े बताएकी हुन्।

National Life

आज मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरूको अनुगमन गरेकी मन्त्री रेग्मीले अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नु परेको उनले स्पष्ट पारिन् ।


उनले भनिन्, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यसकारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जोजो बस्नु भएको छ । उहाँहरुले पनि सहयोग गर्नुप¥यो । र यसलाई म व्यवस्थित गर्न चाहन्छु । धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्ने लगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै । अनियमितता गरेर बसेका छन भने कारबाहीको दायरामा आउनु पर्छ ।’

Classic Tech Desktop

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियहरुले गरिरहेको उल्लेख गर्दै अव सोझै समाज कल्याण परिषदले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताइन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने मन्त्री रेग्मीको योजना छ ।

प्रतिकृया