• २० भदौ २०८३, शनिबार
  • १ः११ राती

औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०३:३१

२४ माघ २०७८, काठमाडौं : गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न दिनका लागि सरकारले तयारी गरेको छ । सरकारले ६ महिनाभित्र उक्त कार्यविधि ल्याउने गरी तयारी गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको छ ।

National Life

पोखरेलका अनुसार कार्यविधि अनुरुप सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले तय गर्ने पोखरेलले बताए । पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो ।’


औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔषध ऐनले पनि बोलेको र विस्तृत व्यवस्थालाई कार्यविधिमार्फत समेट्ने पोखरेलले बताए ।

Classic Tech Desktop

प्रतिकृया