• 8:13 pm

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०३:३९

२४ माघ २०७८, काठमाडौं : मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए ।


स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्‍योल कायमै छ । उक्त बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ ।


हिजोआइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

प्रतिकृया