• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

क्लास्सिक टेककाे “Renewal Sapati ” शुरु , ७ दिन सम्म रिचार्ज सापटी लिने ब्यवस्था

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार १२:४६

२२ माघ २०७८ काठमाडौं : देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पन क्लास्सिक टेकले  “Renewal सापटी ” ल्याएको छ। यसमा ग्राहकले Classic Tech App बाट One Click मा 7 Days Recharge सापटी लिन सक्ने भएको छ । यस्तो ७ दिन सम्मको  सुबिधा नेपालमानै  पहिलो  पटक भएकाे कक्पनीकाे दाबी छ ।


क्लासिक टेकका  ग्राहकलाई तोकिएका प्याकेजमा  १ दिन देखि ७ दिन सम्म renewal सापटी लिन मिल्ने छ। कम्पनीका अनुसार ग्राहकहरुले यो सुबिधा लिनको लागी आफ्नो Classic Tech को App Login गरेर customer portal मा जानुपर्ने हुन्छ। क्लासिक टेकले ग्राहाकहरुकाे सुिबधालाई मध्यनजर गर्दै App Download गर्न http://onelink.to/v4u3t9  लिंक समेत दिएकाे छ ।

Kamana Sewa

नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा  सञ्चालनमा  ल्याएको क्लासिक टेकले देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा कम मूल्य मा स्वस्थ स्पुर्थ सेवा दिदैं आएको छ।

Classic Tech Desktop

कम्पनीको  मुख्य उद्धेस्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य रहेकाे कम्पनीले जनाएकाे छ । यो बिशेष अफर कम्पनीले  आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याएको  र भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने कम्पनीले विश्वास ब्यक्त गरेकाे छ ।


यस बारे क्लास्सिक टेक मा फोन ९८०२९२२३०४  अथवा क्लास्सिक को वेब साइट  https://www.classic.com.np/ मा गएर थप जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिकृया