पेट्रोल छर्किेएर देवरले लगाए भाउजूको शरीरमा आगो
प्रकाशित मिति
२०७८ माघ २३ गते, आईतवार १२:२५

२२ माघ २०७८, काठमाडौं : सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी २० वर्षीय प्रमेश्वर साहले २७ वर्षीय भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हाे ।
माघ २१ गते बिहान घरमा रोटी पकाइरहेको अवस्थामा प्रमेश्वरले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
राजकुमारीको शरीरको बिभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजकुमारीका पति रबिन कुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनी ३० वर्ष भएका छन् ।
प्रतिकृया