• १७ असोज २०८३, शनिबार
  • ५ः२३ बिहान

रोनाल्डो पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बाहिरिए

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०९:३७

२३ माघ २०७८, एजेन्सी : क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ। खेलको २० औ मिनेटमा रोनाल्डोले पाएको पेनाल्टी मिस गर्दा खेल १-१ को बराबरीमा रोकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो।

National Life

खेलको २५ औँ मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा अगाडि रहेको म्यानचेसटर युनाइटेविरुद्ध ६४ औँ मिनेटमा क्रूक्सले च्याम्पियन्सलिग क्लब मिडल्सबर्गका लागि बराबरी गोल गरे।


त्यसपछि दुवै तर्फबाट गोल हुन सकेनन्। रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा टाइब्रेकरमा मिडल्सबर्गले युनाइटेडलाई ८-७ गोल अन्तरले पराजित गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया