• २३ भदौ २०८३, मंगलबार
  • ४ः०५ बिहान

भ्यालेन्टाइन डे नजिकिँदै गर्दा बढ्न गुलाबको माग

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०६:०६

२१ माघ २०७८, काठमाडौँ : प्रेम दिवस नजिकिँदै गर्दा गुलाब फुलको माग पनि बढ्न थालेको छ । स्वदेशमा उत्पादन कम हुदा विगतको वर्षभन्दा यसवर्ष फुलको माग तिव्र रुपमा बढेको हो । यो बर्ष भारतबाट ५० हजार भन्दा बढी रातो गुलाब आयात गरिने भएको छ । कोरोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरूआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो।

National Life

प्रेमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यसवर्ष बजार माग ५० हजार स्टिकले बढी भएको छ। अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो। अहिले मागको दस प्रतिशतमात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिएका छन् ।


अध्यक्ष तामाङका अनुसार यस वर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ। हरेक वर्ष दुई करोड रुपैयाँ गुलाबको आर्थिक कारोबार हुने गरेको छ। यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

यो मूल्य विगतमा भन्दा बढी हो। हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ। नेपालमा वार्षिक रूपमा डेढअर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ। मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ। प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ।


पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्याक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुने गरेको छ। व्यावसायिक रूपमा चार सय प्रजातिका फूलमात्र उत्पादन हुँदै आएको छ। जसमा रातो गुलाब १२ प्रजातीको खेती हुने गरेको तामाङले बताए ।

प्रतिकृया