• ३ असोज २०८३, शनिबार
  • ३ः४४ दिउँसो

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०७:१६

१८ माघ २०७८, काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरूले आज पनि प्रदर्शन गरेका छन् । सिरहाको लहानमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । स्थगित गरिएको परीक्षा तत्काल सञ्चालन हुनुपर्ने मुख्य माग राख्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । विद्यार्थीहरूले सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको गुनासो गरेका छन् ।

National Life

उनीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजीसमेत गरेका छन् । उनीहरूले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग राखेका छन् । भौतिक उपस्थितिमा परीक्षा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने भन्दै उनीहरूले विकल्प अघि सारेका छन् । विद्यार्थीहरूले माग तत्काल पूरा नभएसम्म आन्दोलन जारी राख्नेसमेत चेतावनी दिएका छन् ।


सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमारप्रमाणपत्रका वार्षिकरसमेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया