• ३ असोज २०८३, शनिबार
  • ५ः१४ बेलुका

कोकाकोला कर छली प्रकरणमा ५ अर्ब नतिर्न चलखेल

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०७:३०

१८ माघ २०७८, काठमाडौँ : कोकाकोलाले साँढे दुई अर्ब कर छली गरेर उन्मुक्ति पाउन शक्तिकेन्द्रलाई प्रभावमा पार्न खोजेको छ । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालले साँढे दुई अर्ब पूँजीगत लाभकर छली गरेको खुलिसकेको छ । राजश्व अनुसन्धान विभागले यसबारे छानविन गरी राजश्व छलीको मुद्दा अगाडि बढाउने निर्णय गरिसकेको छ ।

National Life

बोटलर्स नेपालको स्वामित्व परिवर्तनका क्रममा साँढे दुई अर्ब पूँजीगत लाभकर छली भएको खुलेपछि राजश्व अनुसन्धान विभागले त्यही बराबरको जरिवानासमेत गरी पाँच अर्बको राजश्व छलीको मुद्दा अगाडि बढाउने तयारी गरेको छ । त्यसलाई रोक्न शक्तिकेन्द्रमाथि दबाब बनाइएको खुलेको छ ।


बोटलर्स नेपालका सञ्चालकहरुमाथि मुद्दा दायरका लागि ठिक्क परेको राजश्व अनुसन्धान विभागलाई रोक्न बालुवाटारलाई समेत दबाबमा पारिएको बुझिएको छ । मुद्दा चलाउन राजश्वले सरकारी वकिलको कार्यालयमा फाइल पठाइएकोमा रोकिएको छ । पछिल्लो समय ठूला मुद्दाहरुमा सरकारी वकिलको कार्यालयमा लगेर रोक्न थालिएको छ । ललिता निवास प्रकरणमा पनि त्यही पुगेर फाइल फिर्ता पठाउने कार्य भयो । यसमा पनि शक्ति केन्द्रकै दबाब परेको बुझिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोकाकोलाको उत्पादकलाई राजश्व छलीको ५ अर्ब जरिवानाबाट बचाउने योजना बनाइएको खुलेको छ । अब केही करोड तिराउने गरी योजना बनाइदैछ । कोकाकोलाको उत्पादक कम्पनीले जरिवाना तिर्नुभन्दा केही करोड कमिशन बुझाउने गरी सक्रियता बढाइसकेको छ ।


कोकाकोलाको उत्पादक बोटलर्स नेपालले कर छली सब्को एसिया कम्पनीको शेयर बेच्दा भएको हो । कोकाकोला साउथ वेष्टलाई उक्त शेयर २०७१ मा बेच्दा कर छली भएको थियो । बोटलर्स नेपालमा सब्को एशिया कम्पनीको ७६।१६ प्रतिशत शेयर थियो ।


देशमा ठूलो कम्पनीहरुले स्वामित्व परिवर्तनका क्रममा कर छल्ने परिपाठी विकास हुन थालेको छ । अरबौंको कर छली गर्दै राज्यलाई नोक्शानी पुर्याउनेहरुले सरकारमा रहेकालाई केही करोड दिएर रिझाउने गर्न थालेका छन् । यसले राजनीतिक नेतृत्व नै बदनाम हुनथालेको छ ।

प्रतिकृया