• ३ असोज २०८३, शनिबार
  • ६ः१२ बेलुका

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई अनलाइन सपिङ्ग बजेट पसल डट कममा विशेष छुट

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०७:३७

१८ माघ २०७८, काठमाडौँ : मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कम (www.budgetpasal.com) सँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ । सम्झौतापछि बजेट पसल डट कम द्घारा केही किल्कबाटनै सजिलै विभिन्न सामाग्रीहरु अनलाईन खरिद गर्न सक्ने जनाइएको छ ।

National Life

अनलाइनबाट खाद्य वस्तुहरु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।


सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसल (www.budgetpasal.com)  बाट रु ३,००० भन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ ५ सम्म छुट को फाइदा लिनसक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Card बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिकृया