कप डि फ्रान्सबाट बाहिरियो पीएसजी
प्रकाशित मिति
२०७८ माघ १८ गते, मंगलवार ०८:५१
१८ माघ २०७८, एजेन्सी : साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति लिग वान प्रतिद्धन्द्धी निससँग टाइब्रेकरमा ६–५ ले पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४-४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।
निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए । बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए । निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लगाइदिएको छ ।
सन् २०११ मा लिललाई १-० को नतिजा सुम्पिएपछि पिएसजीले कोपा डे फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो । पिएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो । कोभिड १९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पिएसजीलाई क्वार्टरफाइनल पुर्याउन सकेनन् ।








प्रतिकृया