• २२ भदौ २०८३, सोमबार
  • ९ः१९ राती

पसल फुटाएर मोबाइल चोरी, ५ जना पक्राउ

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार ०१:११

१७ माघ २०७८, काठमाडौं : बाराको प्रसौनी गाउँपालिका २ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका १ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका ४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अन्सारी रहेका प्रहरीले बताएका छन् ।

National Life

उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरू चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा विशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर र सोही घरको पहिलो तलामा रहेको चामलको बोराभित्र लुकाई राखेको ६ किलोग्राम अवैध लागू औषध गाँजा समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया