• २२ भदौ २०८३, सोमबार
  • १२ः५३ दिउँसो

यस्तो शारीरिक लक्षण हुनसक्छ असामयिक मृत्युको कारण

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०२:०७

४ माघ २०७८, काठमाडौं : सामान्यतयाः मानिसहरु वृद्ध अवस्थामा पुगेपछि निस्क्रिय बन्न पुग्छन् । उमेर बढेसँगै मानिसमा थकावट पनि बढ्न थाल्छ । एउटा नयाँ अध्ययनका अनुसार मानिसको असामयिक अर्थात समयभन्दा अगाडि नै मृत्युको संकेत देखिन थाल्छ । जर्नल अफ ग्रोन्टोलोजीः मेडिकल साइन्सेजमा प्रकाशित एक अध्ययनका अनुसार तनावका कारण हुने मानसिक र शारीरिक थकावटले मानिसको मृत्यु छिट्टै हुन्छ । यस अध्ययनमा सहभागी ६० वर्ष र त्यो वर्ष धेरै उमेरका २ हजार ९ सय ६ जनालाई थकावटको स्तर सोधिएको थियो ।

National Life

अध्ययनमा सहभागीहरुलाई ३० मिनेट हिँड्न, घरका सामान्य काम गर्न, बगैँचाका काम गर्न लगाइएको थियो । मृत्युदरलाई प्रभाव पार्ने कारक तत्वको खोजी गर्नका लागि उक्त गतिविधिमा सहभागिहरुमा थकावटको महसुस गरेका थिए । उनीहरुमा असामयिक मृत्युको खतरा धेरै हुनेहरुमा धेरै थकावट महसुस हुनेहरु थिए । यस्तो जोखिममा हुनेहरुमा डिप्रेशन, दीर्घरोगी, उमेर र लिंग जस्ता कारक तत्वहरु थिए ।


पिट्स ग्रेजुएट स्कुल अफ पब्लिक हेल्थका एपिडेमायोलोजी डिपार्टमेन्टमा एसोसिएट प्रोफेसर तथा स्टडीका प्रमुख लेखक न्यान्सी डब्लु ग्लिनले भनेका छन्, मानिसहरु जीवनको कुनै समयमा शारीरिक रुपमा फिट रहनका लागि विभिन्न व्यायामहरु गर्ने गर्छन् । व्यायामले मानिसलाई धेरै नै सहयोग गर्छ ।

Classic Tech Desktop

पछिल्लो एक अध्ययनले शारीरिक रुपमा सक्रिय रहने मानिसको भित्र थकावटको स्तर कम हुन्छ । अगाडिको अध्ययनले गम्भीर थकावटले छिट्टै मृत्यु निम्त्याउँने बताएको थियो । तर, शारीरिक रुपमा सक्रिय रहँदा मानिसमा मृत्यु छिट्टै आउँदैन । नियमित रुपमा १५ मिनेट शारीरिक रुपमा सक्रिय रहनुपर्छ ।

(एजेन्सी)

प्रतिकृया