• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

कोभिड–१९ संकट, जल संकट, जनस्वास्थ्य संकट

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०१:२१

डा. केदार कार्की , १४ माघ २०७८, काठमाडौं : कोभिड–१९ महामारीले हाम्रो अर्थ–सामाजिक अवस्थालाई धमिराले जस्तो गरी नोक्सानी पु¥याइराखेको अवस्था छ । यस्तोमा हामीले यो सोच्न आवश्कय छ कि हामी सबैका लागि स्वच्छ सफा तरिकाले पानीको उपलब्धता कति महत्वपूर्ण होला यस विनाशकारी महामारीबाट बच्ने एउटा मात्र अचुक तरिका यो छ कि हामी लगातार आफ्ना हातहरुलाई प्रत्येकपटक कम्तीमा २० सेकेण्डसम्म धोऔं अर्थात सफा पानी रोगहरुको रोकथामका लागि दुनियाको सबैभन्दा महत्वपूर्ण उपाय हो एवम् वैश्वीक स्तरमा चिकित्साकर्मीहरु यही सचेतना सूचना प्रवाह गरी राखेका छन् । यस्तोमा कोरोना भाइरस जस्तो वैश्वीक दुश्मनलाई हराउनमा पानीको उपलब्धता एउटा महत्वपूर्ण कदम हुनेछ ।


हामीमध्ये अधिकांश मानिसहरु यस कुराबाट निश्चिन्त हुन सक्दछन कि हामी आफ्नो धाराबाट पानी लिन्छौ एवम् त्यो सफा र स्वच्छ हुन्छ, फेरी पनि केही मानिसहरु यस्ता पनि छन् जसले यो सोच्न सक्दछन् कि यदि आफ्नै धाराको पानी सफा नभए के भो त हामीले बोतलबन्द पानी छाने त भइगयो नि तर हामी दुई कुरा विर्सन्छौं पहिलो जुन पानी हामी खरिद गर्दछौं त्यो पानी त सार्वजनिक श्रोतहरुबाट नै आउँछ अर्थात जसो ती भू–जल हुन्छन् एवम् खनिजहरुको मात्रा भी त्यसमा बढी हुन्छ अर्कोकुरा हामी यो सोचेर बोतलबन्द पानी किन्दछौं कि यो सुरक्षित छ र पानीलाई ब्वाइलेटका रुपमा उत्र्सजित गर्दछौं अर्थात जतिधेरै पानी हामी उपयोग गर्दछौं त्यति नै फोहर पानी हामी उत्पन्न गराउँदछौं । यदि यो ढललाई उपचार गरिएन भने यसले प्रदूषण एवम् जल जमावको समस्या उत्पन्न गराउने छ जुन सामान्यतया हाम्रा शहरी क्षेत्रका नदी प्रणालीमा देखिदै आएको छ । बागमती सफाई अभियान चलाउनु पर्ने कारण पनि यसैले गर्दा हो किनभने हामी आफैंले त्यसमा ढल मिसाएका थियौं अर्थात हामी एकपटक फेरी फोहोर पानीको युगमा फर्कन लागेका त छैनौं ?

Kamana Sewa

जल संकट एउटा जनस्वास्थ्य संकट पनि हो । केभिड–१९ को उदाहरणलाई हेरौं त २० सेकेण्ड हात धोएर भाइरस मार्ने सल्लाह दिइदैछ । यसको अर्थ हुनेछ प्रत्येक पटक हात धुदा १.५ देखि २ लिटर पानी खर्च गर्नु । यसरी पटक–पटक धुनुको मतलब हामीलाई प्रति दिन प्रति व्यक्ति १५–२० लि. पानी आवश्यक पर्नेछ । हाम्रो सामु यो चुनौति छ कि विकासशील देशहरुका ठूलो जनसमुदाय सक्षम पानीको सहज आपूर्ति व्यवस्था छैन अनि ति समुदाय यो प्रलयकारी भाइरसबाट कसरी मुक्त रहलान् ?

Classic Tech Desktop

यस प्रलयकारी कोभिड–१९ महामारीले हामीलाई अर्ति दिइराखेको छ कि हामी यस श्रृङ्खलामा त्यति नै कमजोर छौं जति दुनियामा निरिह, निःसहाय गरीब सिमान्त समुदाय हुन्छन् । त्यसैले यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक नागरिकसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् ता कि कोही पनि यस प्रलयकारी कोभिड–१९ को शिकार नबनुन । पानी पनि यसैसँग सरोकार राख्दछ कि जनसमुदायसँग सफा पानीको पहुँच छैन भने यस महामारी फैलिनबाट रोक्ने क्षमता कहाँबाट पाउन त ? हाम्रो आफ्नो परिवेशमा जत्रै महाभारत गरी मेलम्चीको पानी ल्याएपनि पानी जनसमुदायको धारामा उराउनु पर्नेमा बाटा–बाटामा पानी आपूर्ति गर्ने पाइप फुटेर बरु सडक जलमग्न भएको रोमान्चक तीतो यथार्थ छ भने सरोकारवाला जिम्मेवार निकाय जसलिने आत्मरतीमा नै अल्झेको अवस्था छ ।


शुभ संकेत त यो छ कि हामीलाई थाहा छ के गर्नु पर्नेछ । हामी सबैले जानेकै कुरा हो कि पानीलाई पुनः उपयोग गर्न सकिन्छ । हामी यो सुनिश्चित गर्न सक्छौं कि वर्षाको पानीको प्रत्येक थोपा संकलन गरौं, स्थानीय जडभण्डारण प्राणलाीहरुको निर्माण गरौं । कम पानी चाहिने बालीनाली लगाऔं र अपशिपट (फोहोर) पानीको प्रत्येक थोपालाई पुनचक्रित गरेर पुन प्रयोग गरौं । वर्तमानको हाम्रो शहरी एवम् ग्रामीण खानेपानी वितरण प्रणाली यति महँगो छ कि केही घरधूरीसम्म मात्र आपूर्ति गर्न सकएिको छ । धेरै टाढाबाट पानी ल्याउनका लागि जति लामो पाइप लाइन होला आपूर्तिको लागत त्यति नै बढी लाग्ला अनि समय पनि । हाम्रो आफ्नो परिवेशमा मेलम्चीको पानी काठमाडौं उपत्यकावासीको घर धारासम्म पुग्न झण्डै साढेदुई दशक लागेको दृष्टान्त ताजै छ भन्न केको आइतबार कुर्ने ? हाम्रा शहरहरुमा अझै पनि ठूलो संख्यामा जनसमुदायहरु पाइपबाट खानेपानी आपूर्तिको सुविधाबाट बञ्चित छन् । खासगरी बागमती, विष्णुमती, मनहरा खोला किनारमा बैध–अबैधरुपले बसोवास गरेका सुकुम्बासी वस्तीहरुमा । तिनीहरु या त ट्याङ्करहरुबाट पानी लिन्छन् वा पिउनका लागि एवम् अन्य घरेलु प्रयोजनका लागि वा अन्य फोहर एवम् अविश्वशनीय जलश्रोतहरुमा निर्भर हुन्छन् जसबाट तिनीहरुको स्वास्थ्यमा नराम्रो असर पार्दछ ।


खानेपानी आपूर्तिको लागत जति बढी हुनेछ पानीलाई ढलबाट फिर्ता ल्याई त्यसलाई उपचार गर्ने खर्च पनि त्यति नै बढ्नेछ । ज्यादा पानी आपूर्ति एवम् ज्यादा ढल उपचार प्लान्ट स्थापना एवम् संचालनका लागि योजना बनाउनु हाम्रा लागि पर्याप्त नहुने रहेछ । मेलम्ची खानेपानी आयोजनाको तीतो अनुभव हाम्रा अगाडि छँदैछ, अन्य बारे चर्चा नै किन गर्नुप¥यो ? हामीले हाम्रा खानेपानी आयोजना संचालन गर्ने बारे पुर्नडिजाइन गर्नुपर्ने अवाश्यकता पो देखिएको छ । जसलेगर्दा हामी स्थानीय जलसंसाधन प्रणालीहरुमा लगानी गरेर पाइपलाइनको लम्बाइमा कटौती गर्न सक्षम होऔं । हामीले पाीको कम उपयोग गरेर मागलाई पुनः संरचना गर्नु पर्नेछ, जसलेगर्दा खेर जान कम होस् । हामीले हाम्रा ढल प्रणालीहरुलाई पुनः संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । सबै कुराको चुरो यतिमात्र हो कि स्वच्छ सफा पानी सबैलाई सस्तो एवम् सुलभ हुनुपर्नेछ, होइनभने यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध हुने छैन ।

डा. केदार कार्की

वरिष्ठ पशुचिकित्सक
सेवा निवृत्त प्रमुख
भेटेरिनरी जनस्वास्थ्य कार्यालय

प्रतिकृया