• २२ भदौ २०८३, सोमबार
  • ९ः०५ राती

राष्ट्रिय सभा निर्वाचनका लागि यि हुन् मतदानस्थल

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार ०२:०५

११ माघ २०७८,काठमाडौँ : राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३, मधेस प्रदेशमा दुई२ , बागमतीमा २ , गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ३ गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुन लागेको हो ।

National Life

जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।


मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

Classic Tech Desktop

प्रतिकृया