नेपाल बंगलादेश बैंक नाफामा ब्रेक, ६ महिनामा कति कमायो ?
प्रकाशित मिति
२०७८ माघ ८ गते, शनिबार ०१:५३
८ माघ २०७८, काठमाडौँ : नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा १३ करोड रूपैयाँको गिरावट आएको हो ।

तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।
यस्तै बैंकको अन्य वित्तीय सूचकहरुमा ईपीएसको दर केही घटेको छ । गत पुस मसान्तसम्म २२.१६ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी १६.०९ कायम भएको छ । यस्तै पीई रेसियो २४.८ रहेको बैंकले जनाएको छ । जुन अघिल्लो आवको पुस मसान्तभन्दा दोब्बर हो । बैंकको प्रतिसेय नेटवर्थ १५७.१८ रूपैयाँ छ ।

खुद ब्याज आम्दानी नबढ्दा बैंकको नाफा घटेको हो । बैंकले यस्तो आम्दानी १ अर्ब २७ करोड बराबरको गरेको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.५१ प्रतिशतमा खुम्चिएको छ ।



प्रतिकृया