• २५ भदौ २०८३, बिहीबार
  • ७ः२६ बेलुका

कस्तो रहने छ आजको मौसम ?

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०७:१०

७ माघ २०७८, काठमाडौँ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

National Life

शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।


त्यस्तै शनिबार देशका पहाडी भू-भागहरूमा सामान्य देखी पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता आइतबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी तथा तराई भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया