• २ असोज २०८३, शुक्रबार
  • २ः४५ दिउँसो

बाइडेनको रुसलाई चेतावनी : युक्रेनमा आक्रमण गरे महङ्गो पर्ने

प्रकाशित मिति

२०७८ माघ ६ गते, बिहीबार ०५:१२

६ माघ २०७८ काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।

National Life

हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिए । रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन, बाइडेनको थप चेतावनी छ। तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि उनले बताए ।


राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा टिप्पणी गर्दै भने, ‘मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु। रूसीहरूका लागि यो महङ्गो पर्नेछ।’

Classic Tech Mobile
Classic Tech Desktop

युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ। उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन। मेरो अनुमान छ कि उनी भित्र जान्छन्। उनले केही गर्नुपर्छ’ बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने। ‘उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन्।’

(एजेन्सी)

प्रतिकृया