कतारमा थपिए ३ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ माघ ५ गते, बुधबार ०२:२५
५ माघ २०७८, काठमाडौं : नेपालीको प्रमुख श्रम गन्तब्य रहेको कतारमा एक दिनमा ३ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५ सय १ समुदायभित्रकै संक्रमित हुन् भने ३ सय १५ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ७ हजार ५६ पुगेको छ ।
यस अवधिमा ३ हजार ३८६ जना संक्रिमत निको भएका छन्। योसंगै निको हुनेको संख्या पनि २ लाख ६४ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ७२,८५ र ८९ बर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या पनि ६ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा सक्रिय संक्रमितको संख्या ४२ हजार १ सय ४४ रहेको छ भने ५ सय ९२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।



प्रतिकृया