• २२ भदौ २०८३, सोमबार
  • १०ः४५ बिहान

प्रचण्डको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

प्रकाशित मिति

२०७८ माघ ३ गते, सोमबार ०९:३५

३ माघ २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्ले बताए । गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

National Life

त्यसबेलादेखि प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए । प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ललाई पनि कोरोना संक्रमण देखिएको थियो । मल्लले आफू पनि संक्रमण मुक्त भएको बताएका छन् ।

प्रतिकृया