• २१ भदौ २०८३, आइतबार
  • ११ः२५ बिहान

मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०७:२३

२ माघ २०७८, काठमाडौँ : डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या पाँच लाख ११ हजार १५६ ले बढेर एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको हो । गत कात्तिक मसान्तसम्म यस्तो मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या एक करोड ५४ लाख ३० हजार ३७९ रहेको थियो ।

National Life

यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवा लिने सेवाग्राहीहरूको सङ्ख्यामा समेत उल्लेखनीय वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ । बैंकको अनुसार गत कात्तिक मसान्तसम्ममा कुल १२ लाख ६३ हजार ८८३ जनाले इन्टरनेट बैंकिङ सेवा लिएकामा मङ्सिर मसान्तसम्ममा यस्तो सङ्ख्या तीन लाख भन्दा बढीले बढेर १५ लाख २० हजार ६०० पुगेको छ ।


यस्तै, डिजिटल भुक्तानी सेवा अन्तर्गतको वालेट सेवा लिनेहरूको सङ्ख्या मङ्सिर मसान्तसम्ममा एक करोड चार लाख १९ हजार ६७८ पुगेको जनाएको बैंकले एटीएम कार्ड, डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूको सङ्ख्या क्रमशः ९७ लाख ५७ हजार ९१९ र २ लाख १० हजार ६७३ पुगेको बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया