• २१ भदौ २०८३, आइतबार
  • ९ः५६ बिहान

आज नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०४:१६

२ माघ २०७८, काठमाडौँ : सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो ।

National Life

६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२.६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ ।


यस दिन सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३.८२ प्रतिशतले गुमाएका छन् ।

Classic Tech Desktop

प्रतिकृया