• १८ असोज २०८३, आइतबार
  • ८ः५९ बिहान

एथ्लेटिको क्लब फाइनलमा

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०८:३३

३० पुस २०७८, काठमाडौँ : एट्लेटिको मड्रिडलाई पराजित गर्दै एथ्लेटिको क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति साउदी अरबमा भएको खेलमा २-१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो।

National Life

एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२औं मिनेटमा एट्लेटिकोले अग्रता बनायो । तर, ७७औँ मिनेटमा अल्भारेज र ८१औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो ।


खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । यसअघि बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड फाइनल यात्रा तय गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया