माघीसँगै नयाँ वर्षको स्वागत गर्दै थारु समुदाय
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार ०८:२४

३० पुस २०७८, काठमाडौँ : पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छाएको छ । भोलि माघ १ गतेलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ ।
माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ । घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ । कैलालीको धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ ।
‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएको छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, यो वर्ष कोभिड संक्रमणका कारण मेलाको रौनक छैन ।
प्रतिकृया