• ४ साउन २०८३, सोमबार
  • ९:१६ बेलुका

छुट्टा -छुट्टै घट्नामा ४ जना पक्राउ

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०५:५५

२९ पुस २०७८, काठमाडौँ : छुट्टा- छुट्टै घट्नामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नौमिले गाउँपालिका-१ धनिगाउँस्थित नबिन शाहीलाई एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनको घरमा अवैध रुपमा लुकाई राखेको उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका-२ विश्वनाथ मन्दिर नजिकबाट ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Desktop

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका-९ स्थायी वतन भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भइ उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिकृया