• ४ साउन २०८३, सोमबार
  • ९:१८ बेलुका

चेल्सी लिग कपको फाइनलमा

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०७:२८

२९ पुस २०७८, काठमाडौँ : चेल्सी लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा टोटनह्याममाथि १–० जित जित निकाल्दै समग्रमा ३–० को जितसहित चेल्सीले फाइनलमा स्थान बनाएको हो ।


घरेलु मैदानमा भएको पहिलो लेगमा चेल्सी २–० ले विजयी भएको हो । अवे मैदानमा भएको दोस्रो लेगमा उसले १–० को जित दर्ता गरेको हो । बुधबार राति भएको खेलमा चेल्सीका लागि १८ औँ मिनेटमा रुडिगरले गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले उपाधिका लागि आर्सनल वा लिभरपुलसँग प्रतिस्पर्धा गर्ने छ ।

Kamana Sewa

प्रतिकृया