कोरोनाको ओमिक्रोनबाट कसरी जोगिन सकिन्छ ?
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०७:१३
२९ पुस २०७८, काठमाडौँ : कोरोना भाइरस ओमिक्रोनको जोखिम बढेसँगै घरबाहिर निस्कन डराउनुपर्ने अवस्था सिर्जना भएको छ। विना काम घरबाहिर ननिस्कन र अत्यावश्यक अवस्थामा निस्कन परे मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट कसरी जोगिन सकिन्छ ?

– घरबाहिर निस्किँदा सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने

– सर्जिकल मास्क नभए रुमालले मुख छोप्ने वा कपडाको मास्क प्रयोग गर्ने
– सबैले भ्याक्सिन लगाउने
– कसैसँग हात नमिलाउने
– हात मिलाउनुको सट्टा नमस्कार गर्ने
– कुनै सामान चलाउनु परे वा केही खानु परे स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचेर हात धुने
– कसैसँग अङ्कमाल नगर्ने
– भिडभाडमा नजाने
– अन्य व्यक्तिभन्दा कम्तीमा एक मिटर टाढा बस्ने
– ह्याण्ड हाइजिन र कफ हाइजिनमा ध्यान दिने
– सुख्खा खोकी, धेरै ज्वरो र श्वास फेर्न गाह्रो भए स्वास्थ्य जाँच गराउने
– कोरोनाको बिरामी भेट्न जाँदा एन–९५ मास्क लगाउने
प्रतिरोधात्मक क्षमता राम्रो छ भने कोरोना भाइरसले सङ्क्रमण गरे पनि निको हुन्छ । कोरोना सङ्क्रमितलाई भेट्न जाँदा, उपचार गर्दा वा सङ्क्रमितको सम्पर्कमा जाँदा एन–९५ मास्क अनिवार्य रुपले लगाउनुपर्छ । तर बाटोमा हिँड्दा र सपिङ मलमा जाँदा सर्जिकल मास्क लगाए पुग्छ । कपडाको मास्कले भने भाइरस रोक्न सक्दैन । तर केही मात्रामा भए पनि यसले धुलो रोक्ने काम अवश्य गर्छ ।




प्रतिकृया