• ३० भदौ २०८३, मंगलबार
  • ५ः४९ बिहान

आज बढ्यो सुनको मुल्य,कतिमा भईरहेको छ कारोवार ?

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ११:०८

२८ पुस २०७८, काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।


त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया