• १९ असोज २०८३, सोमबार
  • ११ः५८ बिहान

ट्राफिक प्रहरीद्वारा चोरीएका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १२:४५

२२ पुस २०७८, काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।

National Life

महाशाखाले उपत्यका र आसपासका पशुपती क्षेत्र, बौद्ध, नरेफाँट, ठीमी, सुर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्क लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका छन् ।


महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाईकलहरु राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस आर्थिक वर्ष ०७८/७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन समेत अनुरोध गरेको छ ।

प्रतिकृया