• 3:56 pm

बार्सा छाड्ने काउटिन्होको तयारी

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार १२:५४

२१ पुस २०७८, काठमाडौं : फिलिपे काउन्टिहो स्पेनिस क्लब बार्सिलोना छाड्ने तयारी गरेका छन् । उनले क्लब छाड्न जान चाहेको कुरा बार्सिलोनाका अधिकारीहरुलाई पनि जानकारी गराएका छन् । बार्सिलोना छाडेपछि उनी प्रिमियर लिगमा फर्कन चाहेको विभिन्न मिडिया रिपोर्टहरुले उल्लेख गरेको छ ।


काउटिन्हो नयाँ क्लबको खोजीमा रहेको समाचार बाहिरिएसँगै एस्टन भिल्ला, एभर्टन र लिभरपुललगायत प्रिमियर लिगका क्लबहरूले उनलाई भित्र्याउने इच्छा व्यक्त गरेका छन् । यद्यपि, अहिलेसम्म उनका लागि औपचारिक अफर भने प्राप्त भइसकेको छैन ।


यता बार्सिलोना पनि काउटिन्होलाई बिदाइ गर्न चाहिरहेको छ । तलबको भार कम गरेर फेरान टोरेसलाई रजिस्टर गर्नुका साथै अन्य खेलाडीलाई पनि भित्र्याउन काउटिन्होको बहिर्गमन बार्साका लागि आवश्यक रहेको छ ।


२९ वर्षीय ब्राजिलियन खेलाडी मैदानमा समयको खोजीमा रहेका छन् । पछिल्ला दुई लिग सिजनमा उनले बार्साका लागि मात्र १३ वटा खेलमा सुरुवात गरेका छन् । उनको फुटबलको महत्त्वकांक्षालाई हेर्दै तत्कालै उनी ब्राजिल फर्कने सम्भावना कम रहेको छ ।


त्यसैले, प्रिमियर लिग नै उनको अर्को गन्तव्य हुन सक्ने बताइएको छ । पूर्व समकक्षी स्टेभन जेरार्ड हाल भिल्लाको म्यानेजर रहेका छन् भने लिभरपुलमा उनको पुनरागमन भावनात्मक हुन सक्ने पनि बताइएको छ । स्रोत स् गोल डटकम

प्रतिकृया