• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित हाइप्रोफाइलका ३ सय बढीलाई पक्राउ पूर्जी

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार १२:३८

२१ पुस २०७८, काठमाडौं : बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले विजय गच्छदारसहित ३ सय बढीलाई पक्राउ पूर्जी जारी गरेको छ । ब्युरोका निर्देशक धिरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुर्गेको र ३ सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको बताएके छन् ।

National Life

‘तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएको छ, उनीहरूलाई पक्राउ गर्न हामी लागिरहेका छौं,’ सिंहले भने।


पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। सिंहका अनुसार तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर, ब्युरोले‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरेको बुझिएको छ। ‘पक्राउ पूर्जी जारी भएकालाई सकेसम्म अनुसन्धान प्रतिवेदनसँगै अदालतमा पुर्‍याउने हाम्रो योजना छ,’ ब्युरो स्रोतले भन्यो।


पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालोधन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।


उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्।

प्रतिकृया