• 12:43 pm

स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन शुरु

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार १२:१६

२१ पुस २०७८, काठमाडौं मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनको सहयोगमा हटाउन थालिएको हो । पहिरो पन्छाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको हो ।


पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।


पहिरो पन्छाउन कम्तीमा २ दिन लाग्ने प्राविधिकको अनुमान गरिएको जनाइएको छ । पहिराले राजमार्ग अवरूद्व बनाएपछि चीनबाट आयात गरिएका मालसामान बोक्ने कन्टेनर टिमुरे क्षेत्रमै रोकिएका छन् ।


गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ खोला आसपास क्षेत्रको भू–भागमा पहिराले विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेत बन्द छ ।

प्रतिकृया