• १८ असोज २०८३, आइतबार
  • ११ः१२ बिहान

तेह्रथुममा थपिए ३ हजार ८ सय मतदाता

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०९:३९

२१ पुस २०७८, काठमाडाैँ : निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका छन् । १७(२६ मंसिरसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका हुन् ।

National Life

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४ महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नामवली भरेका छन् ।


जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई आठराईबाट नामावली संकलनको काम भइरहेको कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया