• 8:59 am

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०९:१३

२१ पुस २०७८, एजेन्सी : भारतको उत्तर प्रदेशस्थित फिरोजबादका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । ‘मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रम’बाट पैसासहित अन्य सुविधा पाउन उक्त व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हो ।


सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ । कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ । उक्त विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए ।


एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ । उक्त योजनाको लाभ पाउन सन् २०१८ मा १२ वटा जोडिले विवाह गरि योजना रकम लिएका थिए ।

प्रतिकृया