• १८ असोज २०८३, आइतबार
  • ८ः५८ बिहान

भारतका विभिन्न राज्यमा देखिन थाल्यो कोरोनाको तेस्रो लहर

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०९:०२

२१ पुस २०७८, एजेन्सी : भारतको महाराष्ट्र र दिल्लीसमेत सबै राज्यमा अब कोरोनाभाइरसको तेस्रो लहरको असर देखिन थालेको भारतीय सञ्चार माध्यमले बताउन थालेका छन् । यसका कारण राज्यले प्रतिबन्धलाई नयाँ ढङ्गले लगाउन सुरु गरेका छन् । मंगलबार महाराष्ट्रमा १८,४६६ कोरोनाका नयाँ संक्रमित भेटिए जुन सोमबारको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । यस्तै मुम्बईमा मात्रै १० हजार नयाँ संक्रमित भेटिएका छन् ।

National Life

दिल्लीमा पनि मंगलबार ५४८१ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । यहाँ तीनजनाको मृत्यु भएको छ । सोमबार राजधानीमा ४०९९ नयाँ बिरामी भेटिएका थिए । राजधानीमा सक्रिय संक्रमितको संख्या १४,८८९ जना पुगेको छ । यसका साथै पोजेटिभिटी दर पनि बढेर ८।७ भएको छ । राजधानीमा ४० प्रतिशत बेड कोरोना बिरामीका लागि खाली राख्न र सप्ताहन्तमा शनिबार–आइतबार पूर्ण रुपमा कर्फ्यू लगाउन आदेश दिइएको छ ।


राजधानी नजिकैको गुरुग्राममा पनि ६३९ नयाँ संक्रमित भेटिएका छन् जुन हरियाणा राज्यमा भेटिएका ११३२ बिरामीको करिब ५० प्रतिशत हो ।उता यूपी सरकारले पनि सबै स्कूलमा कक्षा १० सम्म अफलाइन पढाई १४ जनवरी अर्थात् मकर सक्रान्तिसम्मका लागि बन्द गरेकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै जुन जिल्लामा सक्रिय संक्रमित १० हजार नाघेको छ त्यहाँ विवाह समारोहमा पनि पाहुनाको संख्या सिमित गरिएको छ । बन्द स्थान जस्तै हलमा १०० पाहुना बोलाउने जबकी खुला स्थान अर्थात् ग्राउन्डमा क्षमताको ५० प्रतिशत पाहुना आउने अनुमति हुनेछ ।

प्रतिकृया