• १८ असोज २०८३, आइतबार
  • ७ः४५ बिहान

नेपाल र मौरिससले दुई मैत्रीपूर्ण फुटबल खेल्ने

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०८:५३

२१ पुस २०७८, काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी मुलुक मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालमा हुने दुइटै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाका अनुसार उक्त खेल माघ १५ र १८ गते हुनेछ। मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो।

National Life

एन्फाले दुइटै मैत्रीपूर्ण खेल पोखरामा गर्ने गरी तयारी अघि बढाएको थियो तर पोखरा रंगशाला निर्माण कार्य जारी रहेकाले खेल काठमाडौँमै सञ्चालन गरिने भएको हो। दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन्।

मुख्य प्रशिक्षक अलमुताइरीले प्रारम्भिक चरणमा बोलाएका ३४ खेलाडी

Classic Tech Mobile
Classic Tech Desktop

किरणकुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), शत्रुघन चौधरी (गोलकिपर), टीकेन्द्र थापा (गोलकिपर), आशिष लामा, आयुष घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक विष्ट, अन्जन विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरूङ, देवेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डाँगी, नवीन गुरूङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरूङ, सुदीप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई र तेज तामाङ।

प्रतिकृया