शेखर समूहको बैठक आज
प्रकाशित मिति
२०७८ पुष २१ गते, बुधबार १०:३०

२१ पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहको आज बैठक बस्दै छ । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित नेता कोइरालाले आफू पक्षीय नेताहरूलाई छलफलमा बोलाएका हुन् । उक्त बैठक सिंहदरबार अगाडि बसेरा होटलमा दिउँसो २ बजे सुरु हुने छ।
महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लडेकालगायतका नेताहरूलाई बोलाएको कोइरालाको सचिवालयले जनाएको छ।
सभापति देउवा एकलौटी हिसावले अघि बढेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको संकेत देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरूले बताएका छन्।
उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल तथस्ट बस्ने भने पनि देउवाको सहयोगी बनेको टिप्पणी गरेका छन् ।
प्रतिकृया