• २६ भदौ २०८३, शुक्रबार
  • ४ः११ बिहान

देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०७:२९

२० पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढ्ने खोजेको भन्दै देउवासँग प्रतिस्पर्धा गरेको डा।शेखर कोइराला समूह सशंकित बनेको छ । सभापति निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दा देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताए पनि उनले गरेका नियुक्तिले कोइराला समूह झस्किएको हो ।

National Life

मंगलबार अनुपम फुडल्याण्डमा कोइराला समूहका नेताहरुको अनौपचारिक बैठक बसेर महाधिवेशन र देउवाबारे समीक्षा गरेको छ । बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘आज खास हाम्रो बैठक होइन, अनौपचारिक भेट भएको हो। सभापति देउवाजीको काम गराइबारे सामान्य कुरा भएको छ ।’


उनले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले एकलौटी गरेको टिप्पणी गरे। देउवाले आफूलाई सहयोग गर्ने र आफू निकटका नेतालाईमात्र केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । नेता केसीले केन्द्रीय सदस्य मनोनयन र राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोटले देउवा एकलौटी अगाडि बढ्न खोजेको जस्तो देखिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

डा. शेखर कोइरालाले मंगलबार आफ्नो टिमबाट उम्मेदवार बनेका नेताहरुलाई आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका छन् । सो बैठकले संस्थापन इतर समूह आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।

प्रतिकृया